मेयर र उपमेयरविहीन भयो पोखरा महानगर !
पाेखरा | बैशाख ८, २०८०
पोखराः पोखरा महानगरपालिका यतिबेला मेयर र उपमेयरविहीन भएका छन् ।
मेयर धनराज आचार्य बिहीबार जापान गएका छन् भने उपमेयर मञ्जुदेवी गुरुङ् ४ दिन अघि नै बेलायत लागेकी हुन् । दुबै प्रमुख विदेश लागेपछि महानगरको कार्यवाहकको जिम्मेवारी २५ नम्बरका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले पाएका छन् ।
मेयर आचार्य जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को निमन्त्रणामा खानेपानी र ढल परियोजनाको सम्झौता गर्न गएका हुन् ।
उपमेयर गुरुङ तमु धिँ यूकेको निमन्त्रणामा बेलायत गएकी हुन् । बेलायतमा आफन्त र बार्नेट सिटीका मेयरसँग भेटघाटमा गुरुङ् व्यस्त छिन् ।
महानगर एकैपटक प्रमुख र उपप्रमुखविहीन भएको यो पहिलो घटना हो ।
आचार्य जापानका एक साता रहने कार्यक्रम रहेको छ । गुरुङ् भने ३ साता रहनेछिन् ।
महानगरमा मेयर, उपमेयर नभएपनि काममा कुनै अवरोध नहुने वडा ४ का अध्यक्ष देवकृष्ण पराजुली बताउँछन् ।
‘कार्यवाहक हुनुहुन्छ, काम रोकिँदैन’ पराजुली भन्छन् ‘मेयरज्यू एकहप्तामा आइहाल्नुहुन्छ, खासै समस्या पर्दैन ।’
वडाध्यक्ष पराजुलीकैजस्तो धारणा राख्छन् महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती । भारतीका अनुसार महानगरमा कार्यपालिका बैठक बस्नेबाहेकका सबै काम सुचारु हुन्छ ।
‘अहिले वडा कार्यालय स्वायत्त छन्, नागरिकको कुनैपनि काम रोकिँदैन’ भारतीले भने ‘महानगरमा कार्यवाहकलाई अधिकार दिइएको छ, बाधा व्यवधान छैन ।’
मेयर र उपमेयर एकैपटक विदेश जानुपर्ने अवस्थाबारे भारती भन्छन्, ‘उहाँहरु दुबैजना यतिबेला आफुले चाहेर विदेश जानुभएको होइन, समय त्यस्तै प¥यो, उहाँहरुको नियन्त्रणमा रहेन ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

